एउटै रुख, जसमा फल्छ दश किसिमका फल

लोकपथ
1.5k
Shares

एउटै रुखमा जैविक विविधता भएको फेला पार्न धेरैलाई हम्मे पर्छ । यस्तो किसिमको बिरुवा खोज्ने ध्याउन्नमा हुनुहुन्छ भने, बगैँचाका एक मालीले एउटै बोटमा १० किसिमका फल दिने रुख बनाएका छन् ।

इराकबाट आप्रवासीको रूपमा अस्ट्रेलियाको भिक्टोरिया पुगेका हुसाम सराफले एउटै बोटमा १० किसिमको फल दिने रुखको निर्माण गर्न सफल भएका हुन् । उनको प्रयासले सफलता पाएपछि गिनेज बुक अफ वर्ल्ड रेकर्ड्सले हालै एउटै बोटमा सर्वाधिक १० फरक किसिमको फल फल्ने बिरुवा निर्माणमा उनलाई सम्मान गरेको छ ।

हुसामले आफ्नै घरको बगैँचाको एक बिरुवामा ग्राफ्ट विधिबाट काम गर्दै यो सफलता हात पारेका हुन् । आरु बखडाको मूल रुखलाई रोपेर उनले आरु, आरु बखडाका विभिन्न प्रजातिका फल दिने बिरुवालाई ग्राफ्ट गर्दै लगेका थिए । उक्त बोटमा अहिले आरु बखडाका विभिन्न फल लगायत देशी बदाम, चेरी फल आफू फल्ने मौसम अनुसार फल्ने गर्छ ।

हुसानका अनुसार यी १० फरक फल दिने बिरुवालाई एउटै रुखमा फरक फरक हाँगा बनाएर फल दिने रुख बनाउन उनलाई ३ वर्ष लाग्यो । यो रुखको प्रत्येक हाँगाको आ–आफ्नै विशेषता रहेको छ । यसमा फलेको फल र फलको रङले विविधता झल्काउने गर्छ । यो रुखमा फलेको फल हुसान आफू भने खाँदैनन् छिमेकीलाई बाँड्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?