सबैभन्दा गन्हाउने फूल हेर्ने टिकट सकियो

लोकपथ
2k
Shares

अति दुर्लभ बोटबिरुवामा पर्ने ‘एर्मोफोपलाउस टिटानम’ फुलेको दृश्य हेर्ने टिकट बिक्री सकिएको क्यालिफोर्नियाको बोटानिकल गार्डेनले जनाएको छ ।

यो फूलबाट आउने गन्ध कुहिएको मासुजस्तो हुने, एक पटकमा केबल ४८ घण्टा मात्र फुल्ने र अति दुर्लभ बिरुवा भएको कारण यो फूलप्रति धेरैको आकर्षण रहेको छ ।

क्यालिफोर्नियाको स्यानडिएगो बोटानिकल गार्डेनमा रहेको यो बिरुवा फुलेको र यसको गन्ध सुँघ्रनेहरूको सङ्ख्या धेरै रहेको छ । रोपेको दसकौँ पछि बल्ल फुल्ने यो फूल यो वर्ष फुलेको हेर्न ५ हजार टिकट बोटानिकल गार्डेनले बिक्रीमा राखेको थियो ।

यो फूलबाट आउने गन्धले अन्य कीरा फट्यांग्राहरुलाई आकर्षित गरेर परागशेचन गर्ने गर्छ । गार्डेनका मेनेजर जोन क्लेमेन्टका अनुसार यो फूलबाट आउने गन्धले गर्दा यो बिरुवालाई तत्काल काटेर फालौँजस्तो हुने बताए । १२ फिट अग्लो हुने यो फूललाई आईयूसीएनले लोपोन्मुख बिरुवाको सूचीमा राखेको छ । एक तथ्याङ्कअनुसार यो बिरुवा अहिले विश्वमा १ हजारको सङ्ख्यामा मात्र रहेको छ । यो बिरुवा पछिल्लो १ सय ५० वर्षमा ५० प्रतिशतले घटेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?