जलवायु परिवर्तनले पहिलो पटक बिरामी परेको पुष्टि

लोकपथ
130
Shares

क्यानडाकी एक महिलालाई विश्वमै पहिलो पटक जलवायु परिवर्तनले गर्दा बिरामी भएको पुष्टि भएको छ ।

जलवायु परिवर्तनले गर्दा उनमा श्वासप्रश्वासको समस्या देखिएको उनको परीक्षण गरिरहेका चिकित्सकहरूले जनाएका छन् । चिकित्सकहरूका अनुसार जलवायु परिवर्तनको कारण वातावरण प्रदूषण भएको कारण उक्त महिलाको श्वास प्रश्वासमा समस्या आएको बताएका छन् ।

क्यानडाको ब्रिटिस कोलम्बियामा बसोबास गर्ने ज्येष्ठ उमेरकी ती महिला कडा किसिमको दमको समस्याबाट गुज्रिरहेकी थिइन् । क्यानडाबाट प्रकाशित हुने दैनिक पत्रिका टाइम्स कलम्निष्टको समाचार अनुसार ती महिलाको उपचार गरिरहेका चिकित्सक केली मैरिटले उनको डाइग्नोसिस रिर्पोटमा जलवायु परिवर्तनको कारण भएको उल्लेख गरेकी थिइन् ।

डा. केलीका अनुसार मधुमेहबाट पीडित ती महिलामा मुटुको समेत समस्या रहेको थियो । पछिल्लो पटक क्यानडामा बढेको गर्मी र लुको कारण ती महिलाको शरीरमा नराम्रो असर परेको थियो । डा. केलीका अनुसार चिकित्सकले बिमारीको उपचार गरेर ठिक गर्नु एउटा पक्ष हो भने बिमारी हुनुको कारण पहिचान गर्नु पनि पेसागत धर्म भएको बताइन् ।

समाचार पत्रका अनुसार गत जून महिनामा ब्रिटिस कोलम्बियामा अत्यधिक गर्मी ‘हिट वेब’ को सामना गर्नु परेको थियो । यो गर्मीमा परेर ५ सय व्यक्तिले ज्यान गुमाएका थिए भने वायुमण्डलमा यसको असर ३ महिनासम्म देखिएको थियो ।

जलवायुबाट मानिस स्वास्थ्यको दृष्टिकोणबाट पीडित भएको यो समाचार यस्तो बेला आयो कि जब स्कटल्यान्डमा ‘कोप २६’ को बैठक जलवायु परिवर्तन र कार्बन उत्सर्जनको विषयमा भइरहेको थियो । यो सम्मेलनमा सहभागी भएका अधिकांश राष्ट्रका प्रमुखहरूले कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने विषयमा आफ्नो प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?