काठमाडौं । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेकोे छ ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने,३ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द थापाले जमनकारी दिए ।
गम्भीर घाइते भएका ६ जनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको थापाले बताए ।
बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ ।
यो पनि पढ्नुहोस् : सल्यानमा बस दुर्घटना : ८ जनाको मृत्यु, २६ जना घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया