सल्यानमा बस दुर्घटना : ८ जनाको मृत्यु, २६ जना घाइते

लोकपथ
442
Shares

काठमाडौं । सल्यानमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटनामा ८ जनाको मृत्यु भएको र २६ जना घाइते भएका जिल्ल प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए ।

‘दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भए हो । २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । घाईतेहरुको उद्दार कार्य जारी रहेको छ ।’ डिएसपी थापाले बताए ।

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस बिहान ११ बजेतिर कपुरकोटको खारखोलामा दुर्घटनामा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?