Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

घट्यो सुनचाँदीको भाउ

लोकपथ संवाददाता १२ कार्तिक २०७८, शुक्रबार ११:२२
शेयर गर्नुहोस् Facebook

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ४०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँ घटेको छ । तेजाबी सुन आज ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला  एक हजार २४५ रुपैयाँमा कारोबार भईरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।