एकीकृत समाजवादीमा ३३५ जनाको कार्यविभाजन : कसलाई के जिम्मेवारी ? (सूचीसहित)

लोकपथ
140
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रदेखि प्रदेश र जिल्ला समेत गरी ३३५ नेताहरुको कार्यविभाजन टुंगो लगाएको छ ।

पार्टीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशीकामा सो कुरा उल्लेख गरिएको छ । गत असोज ५(७ गते पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी र असोज २१ गते बसेको स्थायी कमिटी बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

माधवकुमार नेपालद्वारा जारी अन्तरपार्टी निर्देशीका अनुसार माधवकुमार नेपाललाई पार्टीको सम्पूर्ण जिम्मेवारीसहित संसदीय दलको नेताको जिम्मेवारी दिएको छ । भने झलनाथ खनाललाई सम्मानित नेतासहित विदेश विभाग प्रमुखसम्मको जिम्मेवारी दिएको छ ।

एसले तात्कालिक कार्ययोजना– २०७८ र बैठकले पारित गरेका २४ बुँदे तात्कालिक कार्ययोजना समेत देशभरका पार्टी कमिटी तथा संगठनहरुलाई पठाइएको छ । उक्त कार्ययोजनामा आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने निर्देशन छ । त्यस अन्तर्गत जनसंगठनका कमिटी पनि पर्दछ । सोही अभियानअन्तर्गत ‘एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिने छ ।

त्यसैगरी पार्टीबाट सरकारमा सामेल मन्त्रीहरुलाई १० बुँदे निर्देशन समेत जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?