एकीकृत समाजवादीले मन्त्रीहरुलाई दियो १० बुँदे निर्देशन (अपानीको पूर्णपाठ)

लोकपथ
338
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सरकारमा सामेल मन्त्रीहरुलाई १० बुँदे निर्देशन दिएको छ ।

एसले अन्तरपार्टी निर्देशीका जारी गर्दै सरकारमा सामेल मन्त्रीहरुलाई इमान्दार, कर्मनिष्टताका साथ काम गर्न, निजी स्वार्थ र भ्रष्ट्राचारमा नलाग्न साथै राष्ट्र र जनताको केन्द्रबिन्दुमा राखेर काम गर्न लगायतका निर्देशन दिएको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारमा रहेर देश र जनताको निम्ति राम्रो काम गर्न समेत निर्देशन दिएका छन् ।

त्यसैगरी पार्टीको असोज ५-७ गते सम्पन्न प्रथम केन्द्रीय कमिटी बैठक र असोज २१ गते सम्पन्न स्थायी कमिटी बैठकले विभिन्न मापदण्डका आधारमा केन्द्रीय सदस्य, पार्टी प्रतिष्ठान, स्कुल विभाग, प्रदेश इन्चार्ज लगायत मनोनयन गरेको छ । जसअनुसार माधवकुमार नेपाललाई पार्टीको समग्र नेतृत्वसहित संघीय संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ । त्यस्तै झलनाथ खनाललाई सम्मानित नेतासहित विदेश विभागको समेत जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?