एयरहोस्टेसको अनौठो विरोध

लोकपथ
3.9k
Shares

इटालीको विमान कम्पनी एलिटालियाका विमान कर्मचारीहरूलाई कम्पनीले निष्कासन गरेको विरोधमा भित्री पोसाक मात्र लगाएर एयरहोस्टेसहरूले रोममा प्रदर्शन गरेका छन् ।

रोममा भएको शान्त प्रदर्शनमा सोही विमानका परिचारिका (एयरहोस्टेस) को सहभागिता रहेको थियो । इटालीको उडान क्षेत्रमा दशकौँ देखि काम गरिरहेको एलिटालिया गत अक्टोबर १४ तारिखमा बन्द भएको घोषणा गरिएको थियो । बन्द भएको भोलिपल्ट देखिनै सोही विमानहरू आईटिएको नामबाट उडान हुन थालेको थियो । एलिटालियाका १० हजार कर्मचारी मध्ये ३ हजारलाई न्यूनतम पारिश्रमिक दिएर आईटिएले काममा लगाएको थियो । कर्मचारी युनियनका अनुसार आईटिएले एलिटालियाको ब्रान्ड पनि आफ्नै नाममा राखेको छ ।

आईटिएको यस्तो रवैया प्रति विरोध जनाउन एलिटालियामा कार्यरत ५० जना एयरहोस्टेस रोमको क्यापिटोलाइन हिलमा विरोध प्रदर्शनमा उत्रिएका थिए । एयरहोस्टेसको ड्रेसअपमा आएका उनीहरूले आफूले बोकेको ब्यागलाई पहिला भुईँमा राखे, त्यसपछि एयरहोस्टेसको पोसाकलाई एकपछि अर्को गर्दै खोल्दै भित्री पोसाक र खाली खुट्टामा मात्र प्रस्तुत भए । यसरी भित्री पोसाकमा मात्र उपस्थित भएर केही समय मौन बसे र एकै पटक ‘हामी एलिटालिया हौँ’ भन्ने नारा लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?