एयरहोस्टेसले आफूले लगाएको भित्री वस्त्र बेचेरै करोडौँ कमाइन्

लोकपथ
2.3k
Shares

एक पूर्व एयरहोस्टेसले आफूले विमानमा काम गर्ने बेला लगाएको भित्री वस्त्र (पेन्टी) लाई अनलाइन मार्फत बिक्री गरेर करोडौँ कमाउन थालेको बताएकी छिन् ।

जस्मिन पिंक नाम गरेकी २६ बर्षिया एयरहोस्टेसले विमानमा १२ घण्टा काम गर्दा लगाएको पेन्टीलाई अनलाइनमा बिक्रीमा राख्ने गरेकी थिइन् । लगाएको भित्री वस्त्रलाई बिक्री गर्ने अनलाइनमा जस्मिनले राखेको पेन्टीलाई धेरैले रुचाउन थालेका थिए । आफूले लगाएको पेन्टी अनलाइन मार्फत बिक्री गर्दा पहिलो पटकमै उनले २ लाख ४६ हजार रूपैंया आम्दानी गर्न सफल भइन् । त्यो समयमा उनले एयरहोस्टेसको रूपमा १२ घण्टा काम गर्दा मासिक ३ लाख ६० हजार रूपैंया कमाउँथिन् ।

यसरी अतिरिक्त आम्दानी हुन थालेपछि कुनै–कुनै महिना उनले लगाएको पेन्टी बिक्री बापत ४ लाख ९२ हजार रूपैंया भन्दा बढी आम्दानी समेत हुन्थ्यो । उनले लगाएको पेन्टी कुनै कुनै ग्राहकले दोहोर्‍याएर पनि खरिद गर्थे । कतिपय पेन्टी कै रङ्गमा ब्रा पनि किन्न तम्सिन्थे । जसको कारण उनको मासिक आम्दानी पनि बढ्दै गयो । १२ घण्टा काम गरेर मासिक हुने आम्दानी भन्दा कैयौँ गुणा बढी आम्दानी यसबाट हुन थालेपछि उनले एयरहोस्टेसको जागिरबाट अवकाश लिइन् ।

डेली स्टार पत्रिकासँगको कुराकानीमा जस्मिनले आफूले लगाएको भित्री वस्त्र खरिद गर्ने ग्राहकलाई आफ्नो प्रोफेसनसंग खासै मतलब नभएपछि आफूले एयरहोस्टेसको जागिर त्यागेको बताइन् । अहिले उनका ग्राहक उनले लगाएको पेन्टी मात्र नभएर ब्रा र मोजा पनि किन्न तम्सिन्छन् । कतिपय रङ्ग मिलाएर पनि किन्न खोज्छन् उनी भन्छिन् ।

यसरी लगाएको भित्री वस्त्र बिक्री गरेर जस्मिनले करोडौँ रूपैंया आम्दानी गरेर यसो आरामको जिन्दगी बिताइरहेकी छिन् । उनलाई आफूले गरेको काम प्रति पश्चात्ताप भन्दा पनि आम्दानीको ग्राफ बढेको कारण खुसी लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?