काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य (किरण) लाई भेट्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।
स्वास्थ्यमा समस्या आइ आइतबार नर्भिकमा भर्ना भएका मोहन वैद्यलाई भेट्न सोमबार दिउँसो प्रचण्ड अस्पताल पुगेका हुन् ।
अध्यक्ष दाहालले उपचाररत वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

छातिमा पीडा र एक्कासी दम बढेपछि उनलाई आइतबार अस्पताल ल्याइएको थियो । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ ।
यो पनि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया