साफ च्याम्पियनसिप फाइनलको किकअफ : नेपाललाई इतिहास रच्ने मौका

लोकपथ
39
Shares

काठमाडौं । नेपालले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल खेल्दै छ । नेपालले यसअघिका साफ च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रामात्रै तय गर्न सकेको थियो ।

माल्दिभ्समा जारी फाइनल खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ । पहिलो पटक साफको फाइनलमा पुगेको नेपाल बलियो टोली भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न दाउमा रहेको छ ।

मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल र भारतबीचको खेल ८:४५ बजे सुरु भएको हो ।

आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने भएकाले खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । साफमा भारत सबैभन्दा सफल टिम हो । भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ ।

तर, नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने बताएका छन् ।

“हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिने छौँ । हामी गोर्खाली जसरी खेल्ने छौँ,”कप्तान किरण चेम्जोङले भनेका छन् ।

यो पनि पढ्नुहोस् : फाइनलमा भारतसँग खेल्दा गोर्खाली जसरी खेल्छौँ : किरण चेम्जोङ

भारत र नेपालले हालसम्म २२ खेल खेलेका छन् जसमा भारतले नेपालविरुद्ध १५ खेल जितेको छ । नेपालले दुई खेल जितेको छ भने ५ खेल बराबरीमा सकिएको छ ।
यो पनि पढ्नुहोस् : प्रशिक्षक अलमुताइरीलाई भारतविरुद्धको फाइनल खेलमा प्रतिबन्ध

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज (शनिबार) हुने भारतविरुद्धको फाइनल खेल गुमाउने भएका छन् ।

प्रशिक्षक अलमुताइरीले लिग चरण दुई फरक फरक खेलमा पहेंलो कार्ड पाएका थिए । सोही कारण साफले उनीमाथि प्रतिबन्ध लगाएको हो ।

अलमुताइरीले लिग चरणमा श्रीलंका र अन्तिम खेलमा बंगलादेशविरुद्ध पहेंलो कार्ड पाएका थिए ।

नियमवद्ध रुपमा र साफले तयार पारेको प्रतियोगिताको नियमावलीलाई पल्ट्याएर हेर्ने हो भने फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख गरिएको छ ।

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे पत्राचार पनि गरिसकेको छ । एन्फाले प्रतियोगिता नियमावली अनुसार अलमुताइरीलाई प्रतिबन्ध लगाउन नपाउने जनाएको छ ।

साफको पत्राचारकै कारण अलमुताइरी शुक्रबार फाइनलअघि भएको पत्रकार सम्मेलनमा अनुपस्थित रहेको बुझिएको छ । गत पत्रकार सम्मेलनमा अलमुताइरीको सट्टा सहायक प्रशिक्षक किरण श्रेष्ठले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?