नेपाली फुटबलमाथिको अन्याय र आफ्नो अधिकारविरुद्ध फिफामा अपील गर्छु : अल्मुताइरी

लोकपथ
8.6k
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल फेडेरसन (साफ) ले नेपाली फुटबल र आफू माथि अन्याय गरेको बताएका छन् ।

साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको फाइनलमा प्रतिबन्धमा परेपछि भर्चुअल प्रेस कन्फरेन्समा बोल्दै प्रशिक्षक अल्मुताइरीले साफले आफु र नेपाली फुटबललाई अन्याय गरेको बताएका हुन् ।

प्रशिक्षक अल्मुताइरीले साफले प्रतियोगिताको नियमावली मिचेर आफुलाई प्रतिबन्ध गरेको बताए ।

‘साफले अन्याय गरेको छ । व्यक्तिगत रिसइवीको कारण साफले कारबाही गरेको लाग्छ,” जुमबाट गरिएको प्रेस कन्फरेन्समा उनले भने, “साफले आफ्नो नियमलाई पालना गरेन । मलाई कारबाही गर्न नियम परिवर्तन गर्यो । यो मलाई नभएर नेपाली फुटबलमाथिको कारबाही भएको हो ।”

“मलाई लाग्छ उनीहरु नेपालले जितेको चाहदैन र यो समस्या निकालेको छ । यो मेरो भावना हो तर तपाई साफको महासचिबलाई सोध्नु सक्नु हुन्छ,” उनले प्रश्न गर्दै भने, “यदि कुनै भारतीय प्रशिक्षकको रातो कार्डबाट दुखी छ भने मलाई खेलबाट प्रतिबन्ध लगाउन आवश्यक छ ?”

प्रशिक्षक अल्मुताइरीले आफ्नो अधिकार र प्रतिबन्धविरुद्ध फिफा, एएफसी र साफमा अपील गर्ने बताए ।

यो पनि पढ्नुहोस् : प्रशिक्षक अलमुताइरीलाई भारतविरुद्धको फाइनल खेलमा प्रतिबन्ध

नेपालले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल खेल खेल्दै छ । आज माल्दिभ्समा हुने फाइनल खेल नेपालको लागि निकै महत्वपूर्ण रहेको छ ।
पहिलो पटक साफको फाइनलमा पुगेको नेपाल बलियो टोली भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न दाउमा रहेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?