५० हजारको मूर्तिलाई ३ करोड २० लाख आयो

लोकपथ
0
Shares
धेरै व्यक्तिलाई पुरानो सामग्रीहरू निकै मन पर्छ । त्यसैले धेरैले पुराना सामग्रीहरूको सङ्कलन गरेर सुरक्षित राखेका हुन्छन् । कतिपय व्यक्तिहरू पुराना सामग्रीहरू बढी मूल्य तिरेर सङ्कलन गर्ने स्वभावका पनि हुन्छन् । कतिपयले पुराना सामग्री किनेर त राख्छन् तर त्यो कति बहुमूल्य छ भन्ने कुरा थाहा पनि पाउँदैनन् ।
हालै इंग्ल्याण्डका एक वृद्ध दम्पतीलाई आफूले सस्तोमा किनेको दुई मूर्ति बेच्दा बहुमूल्य रहेको समेत थाहा थिएन । इंग्ल्याण्डको सफाक्समा बसोबास गर्ने वृद्ध दम्पतीले घर परिवर्तन गर्ने क्रममा आफ्नो बगैँचामा सजाउन राखेको पुरानो मूर्तिमा उनीहरूको ध्यान गयो । धेरै वर्ष अगाडी ५० हजार रूपैंयामा किनेर ल्याएको उक्त मूर्तिमा उनीहरूको नजर पर्‍यो । स्फिनिक्स जो इजिप्टमा रहेको विशाल मूर्ति जसको टाउको मानिसको र शरीर सिंहको हुन्छ त्यसकै प्रतिमूर्तिको रूपमा उक्त मूर्ति पनि रहेको थियो । सो पिसको रूपमा किनेको उक्त मूर्तिलाई पहिला फ्याँक्ने सोचाइमा रहेको दम्पतीले सल्लाह गरेर लिलाम घरमा बिक्रीमा राख्ने सोचाई बनाए ।
पुराना बहुमूल्य सामानहरूको लिलामी गर्ने मेण्डर अक्सनमा सम्पर्क राखेर उनीहरूले उक्त मूर्तिको प्रतिरूपलाई देखाउँदा धेरै पुरानो रहेको भन्ने पत्ता लाग्यो । ३० हजार रूपैंयावाट लिलाम हुन थालेको २ मूर्ति पहिला १८ औँ र  १९ औँ शताब्दीमा निर्माण भएको अनुमान गरिएको थियो । पछि ५ हजार वर्ष पुरानो रहेको थाहा पाएपछि लिलाममा बोल बढ्दै गयो । अन्ततः उक्त मूर्ति ३ करोड २० लाख रूपैंयामा लिलामी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?