‘प्लेन’ भित्र गर्मी भएको भन्दै जब महिलाले ‘इमर्जेन्सी’ गेट खोलेर बाहिर निस्किइन्…(भिडियोसहित)

लोकपथ
13
Shares
काठमाडौं । गर्मी भएपछि मानिसहरु पंखा वा एसीको प्रयोग गर्दछन् । तर गर्मीबाट छुटकारा पाउनको लागि कहिल्यै प्लेनको इमर्जेन्सी ढोका खोलेर टहलिएको खबर सुन्नुभएको छ ? आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।सोसल मिडियामा अहिले यो भिडियो अत्याधिक भाइरल पनि बनिरहेको छ ।

जसमा एक महिला इमर्जेन्सी ढोका खोलेर हवाई जहाजको विंगमा जान्छिन् । महिलाको यो हर्कत देखेर त्यहाँ रहेका अन्य मानिस भने धेरै डराउँछन् ।

यूक्रेनकी एक महिला टर्कीबाट कीव शहरमा प्लेनबाट आउँदे थिइन् । त्यहि बेला उनलाई धेरै गर्मी भयो र उनले एयरलाइन्ससँग समस्या पनि शेयर गरिन् । तर महिलाको उक्त कुरा बेवास्ता गरेपछि उनले यो उपाय अपनाएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?