कांग्रेस महाधिवेशन : विदुरमा रिमाललाई १ मतले पराजित गर्दै श्रेष्ठ विजयी

लोकपथ
7.5k
Shares

नुवाकोट । नेपाल कांग्रेस विदुर नगरपालिकाको सभापतिमा हरिलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा उनका प्रतिद्वन्दी बद्री रिमाललाई १ मतले हराउँदै श्रेष्ठ निर्वाचित भएका हुन् ।

त्यसैगरी उपसभापतिमा भिमसेन अर्याल र सुमन अधिकारी निर्वाचित भएका छन् । भने सचिवमा अच्युतराज गिरी र सुमन गजुरेल निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्र अधिकारीले लोकपथलाई दिएको जानकारी अनुसार श्रेष्ठले १३६ र रिमालले १३५ मत प्राप्त गरेका छन् ।

निर्वाचित श्रेष्ठलाई कांग्रेस पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र जिल्ला सभापति जगदिश्वरनरसिंह केसीको समर्थन रहेको थियो । भने रिमाललाई कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाको समर्थन रहेको थियो । उपविजेता रिमाल विदुर ३ का कांग्रेसका तर्फबाट वडाअध्यक्ष हुन् ।

 

कुन पालिकामा कसको जित ?

सूर्यगढी गाउँपालिका शंकर बहादुर प्याकुरेल

लिखु गाउँपालिका बिनोद पाठक

ककनी गाउँपालिका भाग्यश्री लामा

पञ्चकन्या गाउँपािलका माधवप्रसाद खनाल

तादी गाउँपालिका नारायणप्रसाद पाण्डे

शिवपुरी गाउँपालिका कविराज गुरुङ

दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तान

बेलकोटगढी नगरपालिकामा लेखनाथ मुडभरी

किस्पाङ गाउँपालिका रणबहादुर तामाङ

तारकेश्वर गाउँपालिका केशवराज अर्याल

मेघाङ गाउँपालिका सिंगराज तामाङ

विदुर नगरपालिका हरिलाल श्रेष्ठ

यो पनि

कांग्रेस महाधिवेशन : बेलकोटगढीको नगरसभापतिमा प्यानलसहित मुडभरीको उम्मेदवारी घोषणा

कांग्रेस महाधिवेशन : बेलकोटगढीको नगर सभापतिमा पाण्डेको दाबी

बेलकोटगढीमा कांग्रेस महाधिवेशन : नगर सभापतिमा पाण्डे र मुडभरी भिड्ने

नुवाकोट अधिवेशन : बेलकोटगढीमा मुडभरीको प्यानल विजयी, कुन पालिकामा कसको जित ? (सूचीसहित)

नुवाकोटमा कांग्रेस महाधिवेशनको सरगर्मी बढ्यो, विदुर नगरसभापतिमा रिमालको दाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?