बेलकोटगढीमा कांग्रेस महाधिवेशन : नगर सभापतिमा पाण्डे र मुडभरी भिड्ने

लोकपथ
858
Shares

काठमाडौं । नेपाली कांग्रेस नुवाकोट यतिबेला असोज ९ गते शनिबार (भोलि) हुने पालिका अधिवेशनमा जुटेको छ ।

सोही क्रममा जिल्लाको बेलकोटगढी नगरपालिकामा मुख्यत् २ प्यानल प्रतिष्पर्धाका लागि मैदानमा उत्रिएका छन् ।

भोलि हुने पालिका अधिवेशनमा नगर सभापतिका लागि युवा नेताहरु कृष्णप्रसाद पाण्डे र लेखनाथ मुडभरी प्रतिष्पर्धा गर्दैछन् ।

पाण्डेको प्यानलबाट उपसभापतिमा प्रेमबहादुर अधिकारी र सानुकान्छा तामाङले प्रतिष्पर्धा गर्दैछन् । त्यस्तै सचिवमा रामचन्द्र लामा र सागर न्यौपानेले प्रतिष्पर्धा गर्दैछन् भने सहसचिवमा रविन दाहाल र कान्छा तामाङ (किरण) ले प्रतिष्पर्धा गर्नेछन् । उक्त प्यानललाई कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामा लगायत केन्द्रीय नेताहरुको समर्थन रहेको छ ।

त्यस्तै मुडभरीको प्यानलबाट उपसभापतिमा दुर्गा बहादुर पुडासैनी र दुर्लभ बहादुर तामाङले प्रतिष्पर्धा गर्दैछन् । भने सचिवमा प्रेम प्रसाद लामिछाने र हर्क बहादुर तामाङले प्रतिष्पर्धा गर्दैछन् भने सहसचिवहरुमा अर्जुनप्रसाद दाहाल र राजुमान लामाले प्रतिष्पर्धा गर्दैछन् । मुडभरीको प्यानलालाई कांग्रेस पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी, कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी लगायतको समर्थन रहेको छ ।

दुवै समूहले आ(आफ्नो प्यानललाई जिताउनका लागि तयारी गरिरहेका छन् । पार्टीको कार्यसूची अनुसार गत भदौ २१ गते जिल्लाको बेलकोटगढी ४ बाहेक अन्य वडामा अधिवेशन सम्पन्न भइसकेको छ । त्यस्तै नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले विवाद रहेको वडामा स्थगन गर्दै बाँकी अन्य सबै पालिकामा निर्वाचन गर्न निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?