नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकामा आइतबार सम्पन्न पालिका अधिवेशनमा लेखनाथ मुडभरीको प्यानल नै विजयी भएको छ ।
आइतरबार सम्पन्न अधिवेशनबाट नगर सभापतिमा मुडभरीसहित उपसभापतिमा दुर्गा बहादुर पुडासैनी र दुर्लभ बहादुर तामाङ त्यसैगरी सचिवमा प्रेम प्रसाद लामिछाने र हर्क बहादुर तामाङ निर्वाचित भएका छन् । त्यस्तै सहसचिवमा अर्जुनप्रसाद दाहाल र राजुमान लामा निर्वाचित भएका छन् ।
मुडभरीले उनका निकटतम प्रतिवद्धन्दी कृष्णप्रसाद पाण्डेलाई हराउँदै विजयी भएका हुन् ।
पाण्डेको प्यानलबाट उपसभापतिमा प्रेमबहादुर अधिकारी र सानुकान्छा तामाङले प्रतिष्पर्धा गरेका थिए । भने सचिवमा रामचन्द्र लामा र सागर न्यौपाने तथा सहसचिवमा रविन दाहाल र कान्छा तामाङ (किरण) ले प्रतिष्पर्धा गरेका थिए ।
नगरसभापतिमा विजयी भएका मुडभरीलाई कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी र नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीको समर्थन रहेको थियो । भने उपविजेता पाण्डेको प्यानलाई कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य बहादुरसिंह लामाको समर्थन रहेको छ ।
नुवाकोटमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको छ ।
कुन पालिकामा कसको जित ?
सूर्यगढी गाउँपालिका शंकर बहादुर प्याकुरेल
लिखु गाउँपालिका बिनोद पाठक
ककनी गाउँपालिका भाग्यश्री लामा
पञ्चकन्या गाउँपािलका माधवप्रसाद खनाल
तादी गाउँपालिका नारायणप्रसाद पाण्डे
शिवपुरी गाउँपालिका कविराज गुरुङ
दुप्चेश्वर गाउँपालिकामा रोजलाल मोक्तान
बेलकोटगढी नगरपालिकामा लेखनाथ मुडभरी
किस्पाङ गाउँपालिका रणबहादुर तामाङ
तारकेश्वर गाउँपालिका केशवराज अर्याल
मेघाङ गाउँपालिका सिंगराज तामाङ
यद्यपी विदुर नगरपालिकाको मत परिणमा भने आउन बाँकी रहेको छ । विदुर नगरपालिका बद्री रिमाल र हरिलाल श्रेष्ठले प्रतिष्पर्धा गर्दैछन् ।
यो पनि
कांग्रेस महाधिवेशन : बेलकोटगढीको नगरसभापतिमा प्यानलसहित मुडभरीको उम्मेदवारी घोषणा
कांग्रेस महाधिवेशन : बेलकोटगढीको नगर सभापतिमा पाण्डेको दाबी
बेलकोटगढीमा कांग्रेस महाधिवेशन : नगर सभापतिमा पाण्डे र मुडभरी भिड्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया