नवनियुक्त परराष्ट्रमन्त्री खड्काले सम्हाले कार्यभार

लोकपथ
130
Shares

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले कार्यभार सम्हालेका छन् ।

बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त भएका डा. खड्काले शपथ ग्रहणपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् । उनलाई मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका थिए । नवनियुक्त खड्का आजै संयुक्त राष्ट्र संघको महासभामा भाग लिने अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खड्कालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । हाल देउवाको मन्त्रिमण्डलमा नवनियुक्त परराष्ट्रमन्त्री खड्कासहित ७ जना रहेका छन् । जसमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री देउवा र एक राज्यमन्त्रीसहित ५ जना र माओवादी केन्द्रको तर्फबाट २ जना रहेका छन् ।

यो पनि

को हुन् नवनियुक्त परराष्ट्रमन्त्री खड्का ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?