‘टार्गेट तेजबहादुर मात्रै थिए, तर घटनाबारे थाहा पाएपछि ६ जनालाई पालैपालो चिर्पटले हानेर मारेँ’

भदौ २१ गते सोमबार बिहान काका तेजबहादुर कार्की घरबाट निस्किएको आफ्नो शौचालयबाट देखेँ । आफूलाई सधैँ हेप्ने र सापटी लिएको रकमको ब्याज लिएको आदि कुरा मलाई मनमा बिझ्थ्यो ।

सधैँ हेप्ने, नमीठो बचन बोल्ने गरेका कारण घटना हुने अघिल्लो रात मेरो मनमा अनेकौँ कुराहरू खेलेका थिए । राति नै भोलि आक्रमण गर्छु भन्ने सोचिसकेको थिएँ ।

भोलिपल्ट घर नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकालेँ । तेजबहादुर ठ्याक्कै खोल्सामा पुगेपछि उनीमाथि आक्रमण गरेँ ।

दुई/तीन पटक टाउकोमा चिर्पटले प्रहार गरेपछि उनी मलाई लोकेले मार्‍यो, गुहार भन्दै चिच्याउन थाले ।

निकै ठूलो स्वरले चिच्याएपछि उनको स्वर सुनेर उनको श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ आए । गुहार भन्दै चिच्याइरहेका तेजबहादुरमाथि फेरि चिर्पट प्रहार गरेर उनलाई मारेँ ।

घटनाबारे थाहा पाएपछि प्रहरीलाई उनीहरुले जानकारी दिन सक्छन् भनेर पहिले कमलालाई त्यही चिर्पटले टाउकोमा प्रहार गरेँ ।

प्रहारपछि कमला ढलिन् । त्यो देखेर तेजबहादुरकी बुहारी रञ्जना बेहोस भएर ढलिन् । बेहोस भएर ढलेकी रञ्जनामाथि पनि चिर्पट प्रहार गरेँ ।

निकै होहल्ला र घरका परिवार सबै खोल्सातिर गएको देखेपछि दुई बालबालिका पनि घटनास्थलतर्फ आँउदै थिए ।

म चिर्पट बोकेर उनीहरुलाई पनि लखेटेँ । उनीहरु भाग्दै थिए । दुवै जनाको टाउकोमा चिर्पट हानेर हत्या गरेँ ।

***

त्यसपछि म तेजबहादुर घरमा पुगेँ ।

घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने हुनुहुन्थ्यो । उनले आफूलाई देखिसकेपछि हल्लाको आवाज सुनेको हुनसक्ने जस्तो लाग्यो ।

त्यसपछि गाईवस्तुलाई कुँडो पकाइरहेकी बुढी हजुरआमालाई कपालमा समातेर २ /३ पकट भित्तामा ठोक्काएँ । र उनको पनि हत्या गरेँ ।

त्यसपछि हजुरबुवालाई हेरेँ वरपर देखिनँ । हजुरबाले कान सुन्नुहुन्न भन्ने पहिल्यै थाहा थियो । वरपर कतै नदेखेपछि उनलाई केही गरिनँ ।

***

वरपर अरु कोही भएको भए जो-कोहीको पनि हत्या गर्ने थिएँ ।

खासमा मेरो टार्गेटमा काका तेजबहादुर मात्रै थिए । उनको हत्या गरेको अरुले देखे । देख्ने सबैलको हत्या गरेँ । त्यसपछि सबैको हत्या गर्न प्रयोग गरेको चिर्पट बोकेर घर गएँ र अँगेनोमा सोही चिरपट राखेर बालिदिएँ ।

संखुवासभाको मादीमा हत्याको घटना अपडेट : बल्ल पुग्यो धरानको टोली, चिकित्सक, डग र प्रहरी घटनास्थलमा – SajhaPana

(लोकबहादुर कार्कीले प्रहरीसमक्ष दिएको बयानमा आधारित)

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले कार्कीलाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

घटनाबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी टोली संखुवासभा पुगेको थियो ।

 याे पनि : संखुवासभा हत्या प्रकरणमा संलग्न लोकबहादुर सार्वजनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?