४ आश्विन २०७८, सोमवार

एकै मण्डपमा चन्दुले गरे दुई प्रेमिकासँग विवाह !

२०७८,भाद्र,२४,बिहीवार २२:२१


काठमाडौं । विवाहका सन्दर्भमा बेला बेला नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक भइरहेको छन् ।

माया यस्तो चिज हो युवा वा युवतीेले आफूले मन पराएको मानिसलाई अरुले मन पराएको देख्न सक्दैन ।

तर, भारतको छत्तिसगढको बस्तर भन्ने ठाउँमा एक अनौठो घटना भएको छ । जुन दृश्यले मायाको परिभाषा नै बदलिएको छ । एक युवकले २ प्रेमिका युवतीसँग एउटै मण्डपमा विवाह गरे । तर युवतीहरुमा एक आपसमा आक्रोस देखिदैन् । अहिले ३ जनाले एकसाथ जिन्दगी बिताउन थालेको समाचारहरुमा बताइएको छ ।

युवकको नाम चन्दु हो । उनी ३ वर्ष पहिले युवक तोकापाल इलाकामन बिजुलीको पोल लगाउन गएका थिए । सोही क्रममा २१ वर्षीया युवती कश्यपसँग भेट भयो । दुईबीच मित्रता हुँदै पछि मायामा परिणत भयो । उनीहरु मायामा परेको करिब १ वर्ष पछि समय अर्कैतिर मोडियो ।

युवकको फेरी अर्की युवती २० वर्षीया हसीना बघेलसँग भेट भयोे । हसिनाले पनि युवकलाई भविष्यको पार्टनर देख्न थालिन् । चन्दु उनीसँग नजिकिदै गए । युवकले हसिनाको बारेमा बताए तर उनले सहजै स्विकार गरिन् । दुई प्रेमिकालाई धोका दिन नचाहेपछि उनले भेट गराउने योजना बनाए । भेटमा सबै कुराको जानकारी दिए । यो सबै थाहा पाएर दुई प्रेमिका खासै दुखी नै भएनन् । उनीहरु दुवैले चन्दुसँग विवाह गर्न चाहेका थिए । दुवै युवती युवकको घरमा विवाह पहिल्यै पुगे ।

अहिले गाउँ समाजले विरोध गर्दा गर्दै पनि समाजकै अगाडी उनीहरुले विवाह गरेका छन् । समाजका मानिसहरुले आर्शिवाद दिएर नयाँ जीवनको कामना गरेका छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७८,भाद्र,२४,बिहीवार २२:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अहिले सोसल मिडियामा एक तस्बिर अत्याधिक भाइरल बनिरहेको छ । उक्त भाइरल तस्बिरमा एक भ्यागुतोले जुनकिरीलाई खाएपछि उसको

काठमाडौं । मानिसहरु फेसनका लागि विभिन्न हर्कतहरु गर्ने गरेका छन् । त्यस्तै एक म्याक्सिकन र्‍यापरले आफ्नो कपालको ठाउँमा सुनका चेन

काठमाडौं । पोल्याण्डकी एक मोडललाई आँखामा ट्याटू बनाउनु नै जीवनको लागि घातक सिद्ध भएको छ । पोल्याणकी मोडल एलेक्जेन्ड्रा सडोब्सका

काठमाडौं । मोडल भन्नासाथ हाम्रो दिमागमा लामोकपाल चट्ट मिलेका दाँत, आदि आँउछ । तर आज हामी यस्तो मोडलको कुरा गर्दै

ताजा समाचार