इतिहासमा कांग्रेस : तीन वटा क्रान्तिको नेतृत्व

लोकपथ
858
Shares

काठमाडौं । साढे सात दशक यता नेपाली राजनीतिमा भएका सबै ठूला परिवर्तनको नेतृत्व गर्ने अवसर नेपाली कांग्रेसले नै पाएको छ ।

२००७ सालमा देश छोडेर भागेका राजा त्रिभूवनलाई गद्दिमा पुनःस्थापित गर्दा होस् वा गणतन्त्र स्थापना गरी संविधानसभाबाट संविधान बनाउँदा, नेतृत्वदायी भूमिकामा कांग्रेस नै छ ।

नेपाली कांग्रेसको स्थापना हुँदासम्म एक किसिमले जनतामा राजनीतिक चेतनाको विकास भइसकेको थियो । किनभने त्यसअघि नै मुलुकको पहिलो राजनीतिक दल प्रजापरिषद्ले राणाविरुद्ध आन्दोलन चलाईसकेको थियो ।

यसक्रममा प्रजापरिषद्का चार सदस्य दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाल श्रेष्ठलाई राणाहरुले मृत्युदण्ड दिइसकेका थिए । अध्यक्ष टंकप्रसाद आचार्य सहितका नेता मृत्युदण्डको सजाय भोगीरहेका थिए ।
प्रजापरिषद् गठन भएको झन्डै एक दशकपछि २००३ सालमा वीपी कोइरालाको अग्रसरतामा भारत प्रवासमा रहेका नेपालीहरुले नेपाली राष्ट्रि«य कांग्रेसको स्थापना गरे ।

लगत्तै राष्ट्रि«य कांग्रेसको नेतृत्वमा सत्याग्रह र मजदूर आन्दोलन भयो । २००३ सालमा विराटनगरका मजदूरहरुले चलाएको हडताल नै नेपालको पहिलो संगठित आन्दोलन थियो ।

यसबीच राणा शासनको अन्त्य गर्ने उद्देश्यका साथ २००५ सालमा सुवर्णसमशेर राणाको पहलमा कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेस स्थापना भयो । अनी वीपी नेतृत्वको राष्ट्रि«य कांग्रेस र प्रजातन्त्र कांग्रेस मिलेर २००६ सालमा नेपाली कांग्रेसको स्थापना भयो ।
लगत्तै नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना ग¥यो । दिल्लीमा शरण लिन पुगेका राजा त्रिभूवनलाई गद्दिपुनःस्थापित गरी मुलुकमा संवैधानीक राजतन्त्र स्थापना गर्ने काम कांग्रेसकै नेतृत्वमा भयो । संविधानसभाको चुनाव गराएर राजनीतिक स्थायित्व दिने मार्गचित्र २००७ सालको क्रान्तिपछि बनाइएको थियो । तर दरवारले संविधानसभा चुनाव टार्दै लग्यो ।

२००७ देखि २०१५ को बीचमा सरकार बनाउने र गिराउने खेल भइरहे । अन्ततः २०१५ मा संसदको चुनाव भयो । कांग्रेसले दुई तिहाई बहुमत जितेर सरकार बनाएको १८ महिनामै तत्कालीन राजा महेन्द्रले सैन्यबलमा कू गरे ।

त्यसपछि ३० वर्षसम्म निरंकुश पञ्चायती व्यवस्था कायम भयो । २०४६ सालमा फेरि नेपाली कांग्रेसको नेतृत्वमा वामपन्थी समेत मिलेर भएको जनआन्दोलनबाट प्रजातन्त्र स्थापना भयो । तर पनि देशमा राजनीतिक स्थायित्व कायम हुन सकेन । तत्कालीन राजा ज्ञानेन्द्रबाट निर्वाचित सरकारलाई बर्खास्त गरी २०६१ माघ १९ मा आफ्नै नेतृत्वमा मन्त्रीपरिषद् गठन गर्ने काम भयो ।

अनि कांग्रेसकै नेतृत्वमा भएको २०६२–०६३ को जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य गर्‍यो। संविधानसभा निर्वाचन र गणतन्त्रको घोषणा अनि संविधानसभाबाट संविधान बनाउने कामको नेतृत्व पनि नेपाली कांग्रेसबाटै भयो ।

अहिले पनि नेपाली कांग्रेसको मूल्याङ्कन नगरी कुनै प्रकारको आन्दोलन अघि बढाउन सक्ने स्थिती छैन ।

(नेपालको प्रजातान्त्रिक आन्दोलन बारे डेढ दर्जन बढी पुस्तक लेख्नुभएका प्राध्यापक डा. राजेश गौतमको नेपाली कांग्रेसबारे संश्लेषण ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?