मोडलले आँखामा बनाइन् ट्याटू, सानो गल्तीले गुम्यो आँखाको ज्योती

लोकपथ
1.3k
Shares

काठमाडौं । पोल्याण्डकी एक मोडललाई आँखामा ट्याटू बनाउनु नै जीवनको लागि घातक सिद्ध भएको छ । पोल्याणकी मोडल एलेक्जेन्ड्रा सडोब्सका आँखामा ट्याटू बनाएकै कारण आँखाको ज्योति गुमाएकी छिन् ।

र्‍यापर पोपेक जस्तै देख्नको लागि उनले आफ्नो आँखामा ट्याटू बनाएकी थिइन् । तर डिजाइनरको गल्तीले उनको आँखाको ज्योती गुमेकाे छ ।

डेली मेलका अनुसार उनले आईबल इन्जेक्शनको माध्यमले इंक हाल्न लगाएकी थिइन् । साेही इंककाे असरले उनकाे आँखाको ज्योती गुमेकाे डाक्टरहरूकाे भनाइ छ ।

अहिले उनी आँखा देख्न नसक्ने भएकी छिन् ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?