यी चर्चित मोडल जसको टाउकोमा न त कपाल छ न मुखमा दाँत !

लोकपथ
195
Shares

काठमाडौं । मोडल भन्नासाथ हाम्रो दिमागमा लामोकपाल चट्ट मिलेका दाँत, आदि आँउछ । तर आज हामी यस्तो मोडलको कुरा गर्दै छौं जसको टाउकोमा न त कपाल छ न मुखमा दाँत छन् । तर पनि उनी एक चर्चित मोडल हुन् ।

कनेक्टिकटमा बस्ने एक २७ वर्षकी मेलैनी गेडास एक दुर्लभ रोगबाट पिडित छिन् । जसको कारण उनले जन्मदेखि नै जेनेटिक डिसअर्डर झेलीरहेकी थिइन् । यही रोगको कारण उनको कपाल, नङ, रौ र साना हट्टीहरुको विकास भएको छैन् । उनलाई यति मात्र नभएर बाइलिटरल क्लेफ्ट प्लेट र एलोप्सिया पनि छ जसले कपालको प्राकृतिक वृद्धि रोकिदिन्छ ।

यस रोगको बाबजुद पनि मेलैनीको एक साथीले मोडलिगमा कोशिश गर्ने तयारी गराइन् र भनिन्, ‘तिमी एक एक्लो यस्तो व्यक्ति हो, जो आफ्नै मात्र तरीकाले देख्छौ र यहि नै तिम्रो क्षमता हो ।’ साथीको हौसलाले मेलैनीले आफुमाथि लगाएको नराम्रो ट्याग हटाउनलाई मोडलिंग गर्न सुरु गरिन् ।

मेलैनीले आफ्नो बारेमा कहिल्यै पनि सानो सोच्दिनन् र आफ्नो रोगको बारेमा पनि चिन्ता गर्दिनन् । उनले न्युर्योकको प्रेट इस्टिट्युटबाट अध्ययन गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?