धादिङको रिमाल्डि पुलमा चोरी

धादिङ । धादिङबेशिको नजिकै पर्ने रिमाल्डि पुलमा चोरी भएको छ ।

उत्तर पूर्बी धादिङको निलकण्ठ नगरपालिका १४ र नेत्रावती डब्जोङ गाउँपालिका ४ जोड्ने थोपलखोला माथिको निर्माणाधिन रिमाल्डि पुलमा गए राति चोरी भएको हो ।

मध्यरातमा बा४ख १७२२ नम्बरको आइचर गाडिमा ८/१० जनाको समूहमा आएका युवाहरुले चोरी गरेका हुन् । स्थानीय जनताले मध्यरातमा गाडि र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिई आएको प्रहरी टोलीलाई जिम्मा लगाएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?