काठमाडौं । नेकपा एमालेका नेता एवम पूर्व मन्त्री योगेश भट्टराईले कमेडि च्याम्पियनका कन्टेस्टेन्ट भरतमणिको प्रशंसा गरेका छन् । पूर्व युवराज पारस शाहको नक्कल दुरुस्तै उतारेका भरतमणिको प्रस्तुती निकै चर्चामा रहेको बेला नेता भट्टराईले उनको तारिफ गरेका हुन् ।
नेता भट्टराईले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेका छन् – ‘आजको धमकेदार र बबाल प्रस्तुतीले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ् ( पाथिभरा) को शिरबाट उदाएका भरतमणी पौडेल एक पछि अर्को भुगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रब्यापी बनाउन सफल भएका छन । राम्रो अवसर पाए र आफैंले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ । भरतमणी भाई धेरै शुभकामना ।’
https://www.facebook.com/yogeshbhattarai.ncp/photos/a.858778580801053/4603389126339961/
कमेडि च्याम्पियनको ३४ औं एपिशोडले निकै चर्चा पाइरहेको छ । ३४ औं एपिशोड अहिले युट्यबको ट्रेन्डिङ वानमा आएको छ ।

याे पनि : पूर्वयुवराजको ‘क्यारिकेचर’कै लागि कपाल पालेका थिए भरतमणिले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया