पूर्वयुवराजको ‘क्यारिकेचर’कै लागि कपाल पालेका थिए भरतमणिले

लोकपथ
1.7k
Shares

काठमाडौं – यतिबेला सामाजिक सञ्जालमा एक पात्रको निकै चर्चा छ।

कमेडी च्याम्पियन सिजन – २ मा को पछिल्लो प्रस्तुतीमा ‘ब्याकग्राउण्ड’मा बजाईएको ‘रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस्’ बोलको गितमा पूर्व युवराज पारस शाहको गेटअप र हाउभाउसहित उनको चरित्रलाई कमेडिमार्फत् प्रस्तुती दिएका भरतमणि पौडेलले आम दर्शकको मन जितेका छन् । उनैको प्रस्तुतीले यतिबेला सर्वत्र चर्चा बटुलेको हो ।

यो प्रस्तुतिपछि बेग्लै पहिचान बनाएका भरतमणिले एक अन्तर्वार्तामा पूर्व युवराज शाह आफूलाई निकै मनपर्ने सरल पात्र भएका कारण उनको क्यारिकेचर गर्नको लागि कपाल नकाटी राखेको खुलाशा गरेका छन् ।

May be an image of 1 person, standing, playing a musical instrument and indoor

उनले भनेका छन्, ”पूर्वयुवराज पारस शाहको पात्रलाई एकदमै धेरै न्यायपूर्वक गरेको थिएँ । फाईनलमा पुगेँ । खुसी लागेको छ । कार्यक्रम प्रसारण भएपश्चात् मलाई धेरै राजावादी संस्थाहरूले व्यक्तिहरुले फोन गरेर बधाई समेत दिनुभएको छ । खुसी भएको प्रतिक्रिया दिनुभएको छ । उहाँको क्यारिकेचर गर्ने सोच मेरो सिजन १ सुरु भएको समयदेखिको योजना हो। अचेल उहाँ आफ्नै ढङ्गले स्वतन्त्र भएर हिँड्दै हुनुहुन्छ । भलै उहाँले के गर्नुपथ्यो के  गर्नुभयो भन्ने कुरामा म जान्न । तर व्यक्तिगत रुपमा मलाई उहाँले पछिल्लो समय बाँच्नुभएको जुन सरल जीवन छ, म त्यो बाट प्रभावित छु । त्यसैले उहाँको पछिल्लो समयको व्यक्तित्व मलाई निकै मन परेकोले कहिलेकाहीँ उहाँको हाउभाउ नक्कल गर्न खोजेको थिएँ । अलिअलि मिलेको जस्तो लाग्थ्यो। उहाँसँग ठ्याक्कै मिलाउने बनाउन मैले धेरैपटक रिहल्सल गरेको छु । मलाई उहाँ मनपरेपछि नक्कल गर्न कपाल पाल्न थालेको थिएँ । मैले कपाल पालेको पूर्व युवराज पारस शाह बन्नकै लागि हो । अब चाहिँ यो कपाल मन परेको छ, काट्दिन होला। उहाँको क्यारिकेचरका लागि उहाँको बोली भएको भिडियो प्राय सबै हेरेको पनि छु ।”

May be an image of 1 person, beard and indoor

कमेडियन पौडेल यसअघि नेकपा एमाले नेता गोकुल बाँस्कोटा, योगेश भट्टराईको पनि उत्तिकै दमदार क्यारिकेचर गरेर चर्चामा आएका थिए ।

देशको पहिलो कमेडी रियलिटी शो कमेडी च्याम्पियन – २ का प्रतियोगी पौडेललाई यसै प्रस्तुतीबाट निर्णयकले मन पराएर ‘पर्फमर अफ द राउण्ड’ मा छनौट गरी उत्कृष्ट ३ मा पुर्याइसकेका छन् ।

पूर्वयुवराजको गेटअपसम्म भरतमणिले ७ पटक ‘पर्फमर अफ द राउण्ड’ प्राप्त गरिसकेका कारण यसपटकको कमेडि च्याम्पियन सिजन – २ को उपाधि पौडेलको पोल्टामा जाने धेरैको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?