झण्डै ९८ अर्बको निर्यात : उच्च मूल्य तथा कम आयतन भएका वस्तुको उत्पादन र निर्यात प्रवर्द्धन गर्नुपर्ने

लोकपथ
84
Shares

काठमाडौं । गत आर्थिक वर्षमा ९७ अर्ब ७१ करोड रुपैयाँबराबरको निर्यात भएको महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ ।

अघिल्लो वर्ष ९७ अर्ब ११ करोड निर्यात भएको थियो । निर्यात गरेका प्रमुख वस्तुुहरूमा पाम तेल, भटमास तेल, कटन धागो, ऊनको गलैँचा, जुटका सामानहरू, तयारी पोषक तथा अलैँचीलगायत रहेका छन् ।

जसमा स्वदेशी उत्पादनतर्फका कटन धागो, उनी गलैँचा, जुटका सामानहरू, तयारी पोषक, अलैँची, चिया, ऊनी तथा पस्मिना सल, तामा तथा तामाका सामानहरूको निर्यात उल्लेख्य मात्रामा घटेको महालेखाको प्रतिवेलनले देखाएको छ ।

निर्यात वृद्धि भएका सामग्रीहरूमा पनि आयातित कच्चा पदार्थ रहेको अवस्था छ । उच्च मूल्य तथा कम आयतन भएका वस्तुु उत्पादन र निर्यात प्रवर्द्धनमा प्रभावकारिता ल्याउनुपर्ने महालेखाले जनाएको छ ।

यो पनि

बैंकहरूको करछली धन्दा : कर उठाउन महालेखाको निर्देशन

एक खर्बभन्दा बढी रकम बेरुजु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?