अध्यादेशले महन्थलाई सहजता : साइकल चुनाव चिह्नसहित दल दर्ताको तयारी

लोकपथ
195
Shares

काठमाडौंराजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै जसपाको महन्थ ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी गरको छ ।

२० प्रतिशत केन्द्रीय सदस्य वा संघीय सांसद पुर्‍याएमा दल विभाजन गर्न मिल्ने अध्यादेश जारी गरेसँगै ठाकुर पक्षको बैठक बसिरहेको छ ।

बैठकमा गठन गरिने नयाँ दलको नाम जसपा नेपाल (लोकतान्त्रिक) राखिने बताइएको छ । भने अध्यक्ष महन्थलाई नै बनाउने र साइकल चुनाव चिह्न राख्ने प्रस्ताव भएको स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले जसपाको उपेन्द्र पक्षलाई मान्यता दिएसँगै नयाँ दल दर्ताको तयारी गरेका महन्थ पक्षलाई अध्यादेशबाट थप सहज भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?