राजनीतिक दलसम्बन्धी अध्यादेश जारी (पत्रसहित)

लोकपथ
208
Shares

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले आज उक्त अध्यादेश जारी गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी विधान २०७३ लाई संशोधन गर्दै उक्त अध्यादेश सिफारिस गरेको थियो ।
आज राष्ट्रपति कार्यालयले सो सम्बन्धी अध्यादेश जारी गरेको हो ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिम अध्यादेश जारी गर्नु भएको छ ।’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त अध्यादेशमा २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका नेता भएमा सहज रुपमा राजनीतिक दल खोल्न पाउने प्रावधान रहेको छ । यसअघिको विधानमा ४० प्रतिशत केन्द्रीय सदस्य सदस्य वा संसदीय दलको नेता भएमा मात्रै दल विभाजन हुने व्यवस्था रहेकोमा विधान संशोधन गर्दै सो अध्यादेश जारी गरिएको हो ।

उक्त अध्यादेशले राजीतिक दल विभाजनलाई प्रोत्साहित गरेको भन्दै सत्ता पक्षबाटै आलोचना भइरहेको छ ।
यसअघि २०७७ वैशाखमा तत्कालिन प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले समेत सो सम्बन्धी अध्यादेश ल्याएका थिए । तर चौतर्फी आलोचनापछि उक्त अध्यादेश फिर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?