सर्वाधिक ठूलो मुख भएकी महिला

लोकपथ
1.3k
Shares

टिकटकमा भाइरल भएकी एक महिलाले हालै सर्वाधिक ठूलो मुख भएको महिलाको रूपमा आफ्नो नाम गिनेज बुक अफ वर्ल्ड रेकर्ड्समा लेखाउन सफल भएकी छिन् । यो कीर्तिमान् कायम गर्न उनले मुख ठुलो बनाउन कुनै किसिमको शल्यक्रिया नगरेको भन्ने कुरा प्रमाणित गर्नु परेको थियो ।

अमेरिकाको स्यामफोर्ड, कनेक्टिकटमा बस्दै आएकी ३१ बर्षिया सामन्था राम्सडेलले आफ्नो मुख खोल्दा २ दशमलव ५६ इन्च फराकिलो बनाउन सकेपछि गत वर्ष देखि उनी सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । उनको यो अद्भुत प्रतिभाको कदर गर्दै हालै गिनेज बुक अफ वर्ल्ड रेकर्डस्ले सर्वाधिक ठुलो मुख भएकी महिलाको कीर्तिमान् उनको नाम दर्ता गरेको छ ।

औषधी बिक्री प्रतिनिधिको रूपमा कार्यरत सामन्थाले आफ्नो मुख सर्वाधिक ठुलो खोलिने थाहा पाएपछि पछिल्लो ६ महिना देखि उनी गिनेज बुकमा नाम लेखाउन अग्रसर भएकी थिइन् । गिनेज बुकमा नाम लेखाउने प्रक्रिया निकै लामो रहेछ सामन्थाले भनिन् । आफ्नो मुख प्राकृतिक रूपमा ठुलो रहेको कुरा उनले प्रमाणित गर्नुपरेको थियो ।

गिनेज बुकका प्रतिनिधिहरूले आफूले कुनै किसिमको शल्यक्रिया गरेर बनाएको हो कि वा कुनै रोग विशेषको कारण भएको हो भन्ने कुराको परीक्षण र सोधपुछ गरेको उनी बताउँछिन् । आफूले पहिलो पटक आफ्नो मुख ऐनामा हेर्दा ठुलो देखेपछि उनले आफ्नो मुख पक्कै पनि अरूको भन्दा धेरै ठुलो भएको महसुस गरेकी थिइन् ।

आफ्नो मुख अद्भुत भएपछि उनले सन् २०१९ मा टिकटकमा एकाउन्ट खोलेर आफ्नो प्रतिभा देखाउन थालिन् त्यो बेलामा ३ सय जना मात्र फलोअर्स रहेको उनको एकाउन्टमा अहिले १७ लाख फलोअर्स रहेका छन् । सन् २०२० मा कोभिडको प्रकोप बढेपछि उनको भिडियोहरूले लोकप्रियता पाउन थालेको उनी बताउँछिन् । कुनै समय त कस्तो पनि देखियो भने एकै महिनामा उनको एकाउन्टमा ५ लाख फलोअर्स बढेको थियो । अहिले सामन्थाले कसैको एउटा भिडियो आफ्नो एकाउन्टमा बनाउँछिन् भने उनले १८ लाख रूपैंया भन्दा बढी पारिश्रमिक लिने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?