नीरज नाम गरेकालाई पेट्रोल फ्री

लोकपथ
13.2k
Shares

१ अर्ब ३९ करोड २७ लाख भन्दा बढी जनसङ्ख्या रहेको भारतले हालै टोकियोमा आयोजना भएको ओलम्पिक प्रतियोगितामा एक मात्र स्वर्ण पदक जित्यो । भारत भन्दा कैयौँ गुणा कम जनसङ्ख्या भएका र साना राष्ट्रले भारतले भन्दा दशौँ गुणा बढी पदक जिते ।

एउटा मात्र स्वर्ण पदक जितेको कारण अहिले भारतमा व्यापक खुसीयाली छाइरहेको छ । ज्याभलिङ थ्रोमा नीरज चोपडाले दिलाएको स्वर्ण पदक अहिले भारतको लागि सर्वाधिक गौरवको विषय पनि भएको छ ।

नीरजले भारतलाई एक मात्र स्वर्ण पदक दिलाएपछि उनलाई उपहारको वर्षा भइरहेको छ । पन्जाब र हरियाणाका मुख्यमन्त्रीले नीरजलाई करोडौँको सम्पत्ति दिने घोषणा गरिसकेका छन् भने विभिन्न व्यापारिक प्रतिष्ठानले पनि उनलाई उपहारमा बहार नै ल्याउने घोषणा गरेका छन् ।

नीरजको सफलताले ठुला व्यापारिक घराना र राजनेतालाई मात्र खुसी नबनाएर सामान्य व्यापारीलाई पनि खुसी बनाइरहेको छ । गुजरातको भरुचमा रहेको सानो गाउँमा रहेको एक पेट्रोल पम्पका मालिकले नीरज चोपडाले ओलम्पिकमा स्वर्ण पदक जितेको खुसीयालीमा नीरज नाम गरेका व्यक्ति सवारी साधन लिएर आएमा उनले निःशुल्क पेट्रोल दिने घोषणा गरेका छन् । उनले दिएको स्किम अनुसार नीरज नाम गरेका व्यक्तिको सवारी साधनमा उनले ५ सय १ रूपैंया बराबरको पेट्रोलियम पदार्थ निःशुल्क भरिदिने घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?