१७ मङ्सिर २०७९, शनिवार

काठमाडौं महानगरले गाँस्यो थप दुई नगरसँग भगिनी सम्बन्ध

२०७८,श्रावण,२७,बुधबार १०:४५

108
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

कामपाले मंगलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो ।

समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य तथा अमरगढी नगरपालिकाका तर्फबाट विश्वेश्वरप्रसाद ओझा र पाख्रीबास नगरपालिकाको तर्फबाट बृषबहादुर राईले हस्ताक्षर गरेका हुन्। सात प्रदेशका सात स्थानीय तहसँग भगिनी सम्बन्ध स्थापना गर्ने योजनानुसार यसअघि कामपाले कर्णालीको चन्दननाथ, वाग्मतीको मेलम्ची र लुम्बिनीको रामग्राम नगरपालिकासँग सम्बन्ध स्थापना गरिसकेको छ ।

मैत्रीपूर्ण सम्बन्धमार्फत संस्थागत प्रणालीलाई अझ सुदृढ र सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले दुई नगरबीच भगिनी सम्बन्ध स्थापनाको गरिएको कामपा प्रमुख शाक्यको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड ९ट० को कानूनी व्यवस्थाबमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका विषयमा कामपाले भगिनी सम्बन्ध स्थापनाको कार्यलाई अघि बढाएको हो । कामपाले भगिनी सम्बन्ध स्थापनासँगै नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत पाख्रीबास नगरपालिकाको सुन्तले डाँडाको धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि त्यहाँ उद्यान निर्माण गर्न एक करोड ५० लाख सहयोग गर्ने भएको छ ।

त्यसैगरी अमरगढी नगरपालिकाको वडा नं २ र ५ मा अवस्थित अमरगढी उद्यान निर्माणका लागि एक करोड ५० लाख सहयोग गरेको छ । त्यसैगरी कामपाले अन्तर्राष्ट्रियतर्फ चीन, जापान, अमेरिका, बेलायतलगायत पाँच देशका १६ शहरसँग भगिनी सम्बन्ध कायम गरिसकेको छ ।

प्रकाशित मिति: २०७८,श्रावण,२७,बुधबार १०:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बाजुरा । बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना शुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली

छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४

भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २ हजारको मृत्यु

आजको पात्रो : १७ मंसिर २०७९, शनिबार । तद्नुसार डिसेम्बर महिनाको ३ तारिख २०२२ । मार्गशुक्लपक्ष दशमी तिथि, उत्तरभाद्रपदा नक्षत्र, वणिज

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८