२९ वर्ष कान्छो श्रीमानसँगको चर्चा

लोकपथ
598
Shares

हाम्रो जस्तो देशमा विवाह हुँदा जात र उमेर नमिलेमा दम्पत्तीलाई हेप्ने वा गिज्याउने चलन प्रशस्तै रहेको छ । अझ विवाह गरेका दम्पत्तीमा दुलहीको उमेर दुलाहाको भन्दा धेरै भयो भने उक्त विवाह अझैँ हँसिको पात्र हुन्छन् । यस्तै किसिमको हँसि र अपहेलनमा बेलायतको एक दम्पत्ती पनि परेको अनुभव हालै सार्वजनिक भएको छ । एक महिलाले आफ्नो छोराको साथी (जो उनीभन्दा २९ वर्ष कान्छो थिए), सँग विवाह गरेको प्रसङ्ग हो ।

मार्लिन बुटिगिग अहिले ६० वर्षकी भइन् । उनले विवाह गरेको छोरोको साथी विलियम स्मिथको उमेर अहिले ३१ वर्ष रहेको छ । तर उनीहरूबीच प्रेम सुरु हुँदा विलियमको उमेर केवल १६ वर्षको मात्र थियो ।

७ सन्तानकी आमा मार्लिनको एक छोरासँग विलियम मिल्ने साथीको रूपमा थिए, उनीहरू एकै स्कुलमा पढ्थे । सन् २००६ मा विलियम भिडियो गेम खेल्न साथीको घर आउने क्रममा मार्लिनसंग उनको घनिष्ठता बढेको थियो । यो घनिष्ठता यति बढ्यो कि दुवैले एक अर्कालाई छोड्न नसक्ने भए । जसको कारण सन् २००९ मा उनीहरूले विवाह गरे ।

विवाह बन्धनमा बाँधिदा मार्लिन र विलियम निकै खुसी थिए । तर उनीहरूको परिवार यो विवाहको विरोधमा थिए । मार्लिनका सात सन्तानमध्ये विलियमको साथी रहेका छोरा मात्र उनीहरूसँग कुराकानी गर्थे भने अरू कोही उनीहरूसँग बोल्दैनथे ।

सन् २००९ मा विवाह गरेपछि मार्लिन् र विलियम गिब्राल्टरमा हनिमुनमा गए । यो स्थान मार्लिन्को जन्म सहर पनि थियो । मार्लिन् यदि विलियम सन्तान चाहन्छन् भने आफूले त्यो खुसी दिन तयार रहेको बताउँछिन् । एक सफाइ कम्पनीको सञ्चालक मार्लिन र फिल्म निर्माता विलियम आफ्नो पेसाबाट बचेको समय एक अर्कालाई भरपुर समय दिएर बिताउने गर्छन् ।

मार्लिन् भन्छिन्– हाम्रो विवाहमा उमेर अन्तरको विषयमा समाजमा फैलिएका विभिन्न चर्चाहरू हट्नु पर्ने बताउँछिन् । मलाई यदि कसैले सबैभन्दा धेरै माया गर्छ भने त्यो विलियमले भन्दा अरूले गर्नै सक्दैन । त्यसैले उनीहरूले आफ्नो आफ्नो जीवनका विभिन्न पक्षहरूलाई समेटेर फिल्म बनाउने योजनामा रहेका छन् । यसका लागि उनीहरूले अर्थ सङ्कलन गर्ने अभियान पनि थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?