पत्याउनै नसकिने त्यो अचम्मको घटना, दाजुभाइको एकै ठाउँमा एकै प्रकृतिको मृत्यु

लोकपथ
3.1k
Shares

काठमाडौं । विश्वमा धेरै यस्ता घटनाहरु घटेका छन् जुन झट्ट सुन्दा विश्वास लाग्दैन । विभिन्न समयमा घटेका फरक-फरक घटनाको यथार्थ पत्याउनै मुस्किल पर्छ । आज हामी त्यस्तै एक घटनाको कुरा गर्दै छौँ, जुन सुन्दा तपाईंलाई पनि पत्यार नलाग्न सक्छ । तर याे घटना साँचो हो ।

१८ जुलाई, १९७५
इरिस्कीन लरेन्स इबीन आफ्नो मोपेड स्कुटरमा बर्मुडाको ह्यामेल्टन हुँदै कतै गइरहेका थिए । अचानक उनको मोपेड स्कुटरलाई एउटा ट्याक्सीले ठक्कर दियो । ट्याक्सीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भयो ।

३० जुलाई, १९७४
भाइको मृत्युभन्दा एक वर्ष पहिले इरिस्कीन लरेन्स इबीनका दाई नेभिललाई पनि एउटै ट्याक्सीले ठक्कर दिएको थियो । घटनामा संयोग के छ भने जुन ट्याक्सीले एक वर्षपहिले दाइलाई ठक्कर दिएको थियो भाइलाई ठक्कर दिने पनि सोही ट्याक्सी थियो । दाजुभाइको एकै स्कुटरमा दुर्घटना भएको थियो । ठाउँ पनि ठ्याक्कै एकै थियो ।

त्यति मात्रै होइन्, अर्काे अचम्मकाे कुरा त के छ भने दाइलाई ठक्कर दिँदा चालक र ट्याक्सीभित्र जो-जो प्यासेन्जर थिए भाइलाई ठक्कर दिँदा समेत त्यही प्यासेन्जर ट्याक्सीमा थिए ।

ठाउँ पनि एउटै, स्कुटर पनि एउटै, चालक पनि एउटै, ट्याक्सीको प्यासेन्जर पनि एउटै र स्कुटर चालक दाजुभाइ । मृत्यु हुँदा दुवै दाजुभाइको उमेर १७ वर्ष रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?