चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आगामी भदौमा १४औँ महाधिवेशन सम्भव नरहेको जानकारी दिएका छन् ।
शुक्रबार (आज) चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन्।
उनले भने, ‘आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मंसिरसम्ममा हुन्छ ।’ पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्नेमा जोड दिए ।
कांग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनले जानकारी दिए ।
उनले भने, ‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ ।’ फरक प्रसङ्गमा उनले आफू मन्त्रीमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए ।
यसअघि नै लोकपथबाट प्रकाशित थियो : भदौमा नहुने भयो कांग्रेस महाधिवेशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया