मुसा पाल्न सरकारको अनुमति लिनुपर्ने अनौठो कानुन !

लोकपथ
299
Shares

काठमाडौं । विश्वमा हरेक देशमा आ-आफ्नै नियम कानुन रहेको छ ।

कतै सामान्य मानिने कुराहरु अन्य देशमा बर्जित गरिएका हुन्छन् । भने कतिपय देशका कानुन सुन्दा हामीलाई अनौठो लाग्ने गर्दछ ।

त्यस्तै उत्तर अमेरिकी मुलुक क्यानडामा कतिपय नियमहरु निकै अनौठा लाग्ने किसिमका छन् । त्यो मध्ये एक हो मुसा पाल्नका लागि सरकारको अनुमति लिनु ।

क्यानडामा मुसा पाल्नुलाई निकै कठीन काम हो । किनकी मुसा पाल्नका लागि पनि सरकारको अनुमति लिनु पर्दछ । क्यानडाको मुसामुक्त राज्य अबलेर्टामा भने मुसा नै पाल्न नपाइने नियम बनाइएको छ ।

यदि कसैले उक्त नियमको उल्लंघन गरी मुसा पालेमा उसलाई ५ हजार डलर सम्म जरिवाना तोकिएको छ ।

एक रिपोटका अनुसार उक्त राज्यमा ७० वर्षदेखि एउटा पनि मुसा फेला परेको छैन । त्यस्तै क्यानडामा विष राखेर मुसालाई मार्ने काम पनि गैरकानूनी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?