लकडाउनमै तिम्ल्याहा सन्तानको जन्म

लोकपथ
117
Shares

प्राथमिक तहको विद्यालयमा अध्यापन गराउने एक शिक्षिकाले लकडाउन भएको एक वर्षको अवधिमा दुई पटक गरेर ४ सन्तानलाई जन्म दिएकी छिन् ।

३१ बर्षिया शिक्षिका जेसिका पिचर्डलले सन् २०२० को मे महिनामा दोस्रो सन्तानको रूपमा छोरी मियालाई जन्म दिएकी थिइन् । मिया जन्मिएको ११ महिनापछि जेसिकाले एकै पटक तिम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् । उनको पहिलो सन्तान ८ वर्ष अगाडी जन्मिएका थिए ।

बेलायतको शेफिल्ड साउथ योर्कसायरमा बस्ने जेसिकाले पछिल्लो पटक जन्माएका तिन वटै सन्तान स्वस्थ रहेको चिकित्सकहरूले बताएका छन् । ह्यारी विलियम्ससंग वैवाहिक जीवनमा रहेकी जेसिका आफ्नो गर्भमा तिम्ल्याहा सन्तान रहेको कुरा पहिलो पटक थाहा पाउँदा अचम्ममा परेकी थिइन् । ८ वर्ष मुनिका ५ सन्तानलाई एकै छाना मुनी हुर्काउन पाउँदा निकै खुसी भएको जेसिकाले बताइन् ।

दोस्रो सन्तानको जन्म भएपछि नै बच्चाको स्याहारका लागि अफिसबाट छुट्टीमा बसेकी जेसिकाले तिन महिनामै अर्को गर्भधारण गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?