११ आश्विन २०७८, सोमवार

पारसको निर्णय अप्रत्यासित : क्यान अध्यक्ष

२०७८,श्रावण,१९,मंगलवार १६:००


काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन् ।

क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताए । ‘पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका लागि राम्रो भएन’, उनले भने ।

अध्यक्ष चन्दका अनुसार पूर्व कप्तान खड्काले आज बिहान करीब साढे ७ बजेतिर इमेल गरेर संन्यास लिन लागेको जानकारी गराएका थिए । उनले आइसिसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको आज बन्द प्रशिक्षण शुरु गर्ने तयारी रहेको समेत बताए ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस् : पारस खड्का : क्याप्टेन, लिडर र लेजेन्ड पनि

प्रकाशित मिति: २०७८,श्रावण,१९,मंगलवार १६:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । काठमाडौंमा एक

प्यूठान । प्युठानको झिम्रुक गाउँपालिका जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । दिहाल्नाचौरस्थित लालिगुराँस रङ्गशालामा उक्त प्रतियोगिता असोज २१

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल स्थगित भएको छ

काठमाडौं । राजधानी काठमाडौंमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी

ताजा समाचार

यस्तो रहनेछ आजको मौसम
 २०७८,आश्विन,११,सोमवार ०७:४५
खुले काठमाडौं महानगरका विद्यालय
 २०७८,आश्विन,११,सोमवार ०७:०४
आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै
 २०७८,आश्विन,११,सोमवार ०६:५४
हेर्नुहोस् आजको राशिफल
 २०७८,आश्विन,११,सोमवार ०६:४५
प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दो
 २०७८,आश्विन,१०,आईतवार २२:२४