‘जादुप्रति आकर्षित बालबालिका अधिक बुद्धिमानी हुन्छन्’

लोकपथ
247
Shares

काठमाडौं । जादुप्रति आकर्षित हुने बालबालिका अधिक बुद्धिमानी हुने एक अध्ययनले देखाएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले कुनै पनि कुरा वा विषय बुझ्ने जिज्ञासाले बालबालिकालाई अधिक बुद्धिमानी बनाउन सक्ने बताएको हो ।

वैज्ञानिकले यो कुराको खोज गर्न ११ महिना भन्दा माथिका ६५ जना बालबालिकामा अनुसन्धान गरेका थिए ।

वैज्ञानिकका अनुसार ध्यानपूर्वक कुनै खास चाल हेर्ने अर्थात् पानीमा खेलौना तैरिरहेको हेर्ने वा भित्ताबाट पार गर्ने बलप्रति बढी उत्सुक भएर हेर्ने बालबालिकाहरू अन्यको तुलनामा अधिक बुद्धिमान हुन्छन् । तर, बालबालिकाले जादू गर्ने युक्तिहरू देखेर विकसित हुने कौतुहलताले बालबालिका कति कुरा बुझ्न चाहन्छन् भनेर बताउने अन्वेषक लिसा फिजेसन बताउँछिन् ।

मनोविज्ञ जैस्मिन पेरेजका अनुसार बालबालिकाको जिज्ञासाको स्तरले उनीहरू पढाइमा कस्ता हुन्छन् भन्ने कुरा बताउँछ । अनुसन्धानको तीन वर्षमा यस्ता बालबालिका केही पनि कुरा सिक्न विशेष रूपले तयार हुने देखिएको छ ।

  • भास्कर डक कमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?