‘डिभोर्स’पछि पनि आमिर खान र किरण राव देखिए एकैसाथ

लोकपथ
2.4k
Shares

काठमाडौं । बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले विवाहको १५ वर्षपछि गत असार १८ गते ‘डिभोर्स’ गरेका थिए । ‘डिभोर्स ‘पछि पनि उनीहरु बेला बेलासँगै देखिने गरेका छन् ।

बलिउडका स्टार अभिनेता आमिर खान अहिले जम्मू कश्मीरमा छन् । उनीसँग पूर्व पत्नी किरण राव पनि कश्मीरमा छिन् ।

उनीहरु दुबैजनाले जम्मू कश्मीरको उपराज्यपाल मनोज सिन्हासँग भेट घाट गरेका छन् ।

कुराकानीमा उपराज्यपाल मनोज सिन्हाले आमीर र किरणसँग नयाँ फिल्म ‘पोलिसी’ लिएर कुराकानी गरेको बताएका छन् । ‘जे एण्ड के’ फिल्मको ‘पोलीसी’ बारे गरेको र छिट्टै फिल्मका काम सुरु गरिने बताएका छन् ।

आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो । यो फिल्ममा किरण सहायक निर्देशक थिइन् । केही समयसँगै बिताएपछि उनीहरुले सन् २००५ को डिसेम्बर २८ मा विवाह गरेका थिए ।

यो पनि पढ्नुहोस् : आमिर खान र किरण रावबीच ‘डिभोर्स’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?