आमिर खान र किरण रावबीच ‘डिभोर्स’

काठमाडौँ- बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण राव अलग्गिने घोषणा गरेका छन् । विवाहको १५ वर्षपछि यो जोडीले एक विज्ञप्तीमार्फत आफूहरु अलग्गिने घोषणा गरेका हुन् ।

‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरका अनुभव, खुशी, हाँसो बाडेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बढेको छ । अब हामी जीवनको एउटा नयाँ अध्याय सुरु गर्न चाहन्छौं– त्यो पति र पत्नीको रुपमा हुने छैन । हामी सह–आमाबाबु र परिवारका रुपमा मात्र रहनेछौं, हामीले केही समयअघि अलग–अलग हुने योजना शुरू गरेका थियौं । अब यस योजनालाई औपचारिक रूप दिन सहज महसूस गरिरहेका छौं ।’ विज्ञप्तीमा भनिएको छ।

आमिर र किरणको पहिलो भेट फिल्म ‘लगान’को सेटमा भएको थियो । यो फिल्ममा किरण सहायक निर्देशक थिइन् । केही समय सँगै बिताएपछि उनीहरुले सन् २००५ को डिसेम्बर २८ मा विवाह गरेका थिए । उनीहरुले पहिलो सन्तान आजादलाई सरोगेसीका रुपमा सन् २०११ मा जन्म दिएका थिए।

आमिरले यसअघि रीना दत्तसँग विवाह गरेका थिए । विवाहको १६ वर्षपछि उनीहरुले सन् २००२ मा डिभोर्स गरेका थिए । उनीहरुको छोरी इरा र छोरा जुनैद छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?