कोरोनाविरुद्धको खोप लगाएमा सुनको इँटादेखि करोडौँको फ्ल्याट उपहार

लोकपथ
585
Shares

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको अझैँ पनि तछाडमछाड चलिरहेको छ । मागअनुसारको खोप नपाएको कारणले खोप लगाउने ठाउँ थाहा पाउनेबित्तिकै बिहानदेखि सैयौंको सङ्ख्यामा लामबद्ध हुनुपर्ने अवस्था रहेको छ ।

तर विश्वका केही देशहरूले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन प्रलोभन दिन थालेका छन् । केही देशहरूले कोरोनाविरुद्धको खोप लगाएमा आफ्ना नागरिकलाई रोलेक्स घडी, टेस्लाको कार, सुनको इँटा र करोडौँ रुपैंयाबराबरको फ्ल्याट दिने घोषणा गरेका छन् ।

कोरोनाविरुद्धको खोप पहिलो पटक आउँदा नागरिकलाई खोपप्रति आकर्षित गर्न केही देशले निःशुल्क हवाई टिकट, बियर दिनेजस्ता उपहार योजना अगाडि सारेका थिए । केही देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाउन अझैँ इच्छा नदेखाएको कारण करोडौँ रुपैंयाबराबरको उपहार योजना अगाडि सारेर खोप लगाउन आकर्षित गर्न थालेका हुन् ।

हवाई टिकट र बियरको उपहार योजना सकिएको लगत्तै अमेरिकाले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाएमा आईफोन उपहारमा दिने प्रस्तावलाई अगाडि सारेको थियो । फ्रान्स, रसिया र ब्रिटेनले पनि विभिन्न किसिमका उपहार योजना राखेर केही देशले विश्व भ्रमणको योजनालाई समेत राखे ।

पश्चिमा राष्ट्रहरूले कोरोनाविरुद्धको खोप लगाउनेलाई उपहार योजना ल्याइरहेको अवस्थामा हङकङले सबैभन्दा धेरै उपहार योजनालाई अगाडि सारेर चकित पारिदिएको छ । हङकङको सरकारले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन प्रेरित गर्न रोलेक्स घडी, टेस्लाको कार, सुनको इँटा र करिब २० करोड रुपैंयाबराबरको फ्ल्याट चिट्ठामार्फत दिने घोषणा गरेको छ ।

कोरोना भाइरसको डेल्टा भेरिअन्ट विश्वमा फैलिएपछि आम नागरिकमा विभिन्न किसिमको भ्रमहरू देखापरेको थियो । सरकार भने आफ्ना नागरिकलाई जसरी भए पनि खोप लगाएर सुरक्षित गर्ने अभियानमा लागेको कारण विभिन्न उपहार योजनाहरूलाई अगाडि सार्न बाध्य भएको हो ।

हङकङका स्वास्थ्य अधिकारीहरूका अनुसार हङकङगेलीले पहिला आएको कोरोना विरुद्धको खोप लगाउन डराइरहेका थिए । अहिले सरकारले बहुमूल्य उपहारहरू ल्याएपछि नागरिकको खोपप्रति आकर्षण बढिरहेको छ । यसरी उपहार योजनालाई अगाडि सारेपछि पहिला खोप लगाउन नचाहने व्यक्ति पनि उपहार पाइने लोभमा परिवारका सबै सदस्यलाई लिएर आउन थालेका छन् ।

हङकङ सरकारका अनुसार त्यहाँका ३० प्रतिशत २२ लाख लाख ७० हजार व्यक्तिहरूले मात्र कोरोना विरुद्धको खोप लगाएको तथ्याङ्क थियो । यो उपहार योजनालाई अगाडि सारेको १५ दिनमै तप १० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?