सुपर डान्सरको जजमा करिश्मा कपूरको ‘इन्ट्री’, शिल्पा शेट्टी आउट

लोकपथ
3.3k
Shares

काठमाडौं । भारतको चर्चित डान्स रियालिटी शो सुपर डान्सर च्याप्टर-४ मा शिल्पा शेट्टी जजको रुपमा आवद्ध थिइन् । तर पछिल्लो समय उनका श्रीमानको घटना बाहिरिएपछि उनी पछिल्लो एपिसोडमा अनुपस्थित देखिइन् ।

उक्त शोमा गीता कपूर, अनुराग बसु र शिल्पा शेट्टी जजको रुपमा थिए । अहिले शिल्पाको ठाँउमा गेस्ट जजको रुपमा करिश्मा कपूर आएकी छिन् ।

Karisma Kapoor Replaces Shilpa Shetty For An Episode Of Super Dancer Chapter 4

शिल्पा शेट्टीका श्रीमान राज कुन्द्राले प्रोर्न फिल्म बनाएको र एक एपमार्फत अपलोड गर्नेगरेको घटना सार्वजनिक भएसँगै उनलाई प्रहरीले हाल हिरासतमा राखेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सुपर डान्सरको जजबाट शिल्पा शेट्टी आउट भएकी छिन् भने उनको ठाँउमा अब करिश्मा कपूर रहने छिन् ।

यो पनि : राज कुन्द्राको घटनामा नयाँ ट्वीस्ट : ‘प्लान बी’ पहिलेदेखि नै थियो तयार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?