राज कुन्द्राको घटनामा नयाँ ट्वीस्ट : ‘प्लान बी’ पहिलेदेखि नै थियो तयार

लोकपथ
3.2k
Shares

काठमाडौं । राज कुन्द्राले पोर्न फिल्म बनाएको र एक एपमार्फत अपलोड गर्नेगरेको घटनामा विभिन्न ट्वीस्ट बाहिर आइरहेका छन् ।

भारतीय सञ्चार माध्यम आज तकका अनुसार जब प्रहरीले राज कुन्द्रालाई पक्राउ गर्‍यो उनीसँग पहिले नै ‘प्लान बी’ रहेको खुलासा भएको छ ।

राज कुंद्रा

मुम्बाई क्राइम ब्रान्चले राज कुन्द्रालाई उनकै अन्धेरीस्थित अफिसबाट १२० एडल्ट फिल्मसहित पक्राउ गरेको थियो ।

तर राज कुन्द्रा यदि प्रहरीले पक्राउ गरेमा के गर्ने भन्ने ‘प्लान बी’सहित तयार रहेका बताइएको छ । उनले अर्को पनि एप पोर्न फिल्म अपलोड गर्न तयार राखेका खुलेको छ ।

राज कुंद्रा

राज कुन्द्राले नयाँ एप तयार पनि पारेका र त्यसको लागि कन्टेन्ट पनि तयार रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?