काठमाडौं – अफगानिस्तानमा पछिल्लो समय तनाव उग्र बनेको छ । तालिवान आक्रमण नियन्त्रणका लागि ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ ।
मे महिनाको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरी केही प्रान्तका सदरमुकामलाई घेरा हालेको कारण काबुल, पञ्जशीर र नान्गाहरबाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको हो । अमेरिकी नेतृत्वमा रहेका विदेशी सेनाहरूको फिर्ता भएपछि तालिबानको हिंसात्मक गतिविधी बढेको छ । अमेरिकी सेना फिर्ता तयारीसँगै तालिवान समूहले देशभर आफ्ना हिंसात्मक गतिविधिलाई बढाएको छ ।
विश्लेषकहरूले अब अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने खतरा औंल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तालिबानका प्रवक्ताले अफगानिस्तानमा शान्ति सुरक्षा चाहने हो भने राष्ट्रपति घानीले तत्काल पद छोड्नुपर्ने बताएका छन्।
समाचार संस्था एसोसिएट प्रेसलाई दिएको अन्तर्वार्तामा तालिबान प्रवक्ता सुहैल शाहिनले काबुलमा नयाँ सरकार नबनेसम्म अफगानिस्तानमा शान्ति स्थापना नहुने बताएको खबरमा उल्लेख छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया