नेपालमा भएको त्यो अनौठो अपराध, यसकारण ५ बालिकालाई बलात्कार गर्ने बालकलाई सजाय भएन

काठमाडौं । घटना भएको मिति ०७७ फागुन ५ गते । बर्दियामा १४ वर्षीय एक बालकले एकै दिन चार बालिकालाई बलात्कार गरे । विद्यालयबाट घर फर्किएर भाँडाकुटी खेलिरहेका ८, ६, ५ र ५ वर्षका चार जना नाबालिकालाई ती १४ वर्षिय बालकले पालैपालो बलात्कार गरेका थिए ।

आफन्तकोमा पाहुना आएका ती बालकले नजिकैको टेलरबाट टालाटुली लगेर बालिकाको हात बाँधेर पालैपालो बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

आरोपित बालकले बलात्कारबारे कसैलाई नभन्न बालिकाहरुलाई धम्की दिएपछि बालिकाहरूले डराएर घटनाबारे केहि भनेका थिएनन् । तर तिमध्ये एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि घटनाको वास्तविकता बाहिरिएको थियो ।

पीडित पक्षको उजुरीपछि जिल्ला प्रहरी कार्यालय बर्दियाले ती बालकलाई पक्राउ गरेको थियो । आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान पछि अदालतमा मुद्धा दायर गरेको थियो ।

मुद्धाको हालसम्म पनि अदालतबाट फैसला भइसकेको छैन । भनेको बेला उपस्थित हुने गरि हाल ती बालक आफ्नै बाबु आमाको रोहबरमा घर पठाइएको जिल्ला प्रहरी कारयालय बर्दियाले जानएको छ ।

अधिवक्ता अमिता गौतम पौडेलका अनुसार नाबालकको हकमा अहिले संशोधित मुलुकी अपराध संहिता अनुसार ती बालकलाई जबरजस्ती मुद्धा चल्छ । फौजदारी अपराध संहिताको दफा ४५ को उपदफा ३ मा १४ वर्ष वा १४ वर्ष भन्दा माथि र १६ वर्ष भन्दा कम उमेरको व्यक्तिले सजाय हुने कुनैपनि कसुर गरेमा निजलाई उमेर पुगेकालाई हुने सजायको आधा सजाय हुनेछ ।

मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणी सम्बन्धी कसूर अन्तर्गत दफा २ सय १९ को उपदफा ३ (क) अनुसार “दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैदको व्यवस्था गरिएको छ ।” (केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ द्वारा संशोधित)

बलात्कारका यस्ता घटना सार्वजनिक भईरहदा बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बहस नभएका भने होइनन् । तर, के मृत्युदण्डको व्यवस्था गर्दैमा बलात्कारको घटना रोकिन्छ त ? पछिल्लो समय नाबालकले बलात्कार गरेका घटनाहरूको विवरण हेर्ने हो भने स्थिति भयावह देखिन्छ  ।

बालबालिकासम्बन्धी ऐन पल्ट्याएर हेर्ने हो भने १८ वर्ष मुनिकाहरुलाई ऐनले नाबालक भनी परिभाषित गरेको छ । कुनै पनि घटना वा कानूनको उल्लंघन गर्ने बालबालिकालाई ऐनले बाल सुधारगृहको व्यवस्था गरेको छ । १० देखि १४ वर्षका बालबालिकाले जुनसुकै अपराध गरे पनि ६ महिना कैद सजाय हुने व्यवस्था ऐनमा छ ।

नेपालमा मुलुकी अपराध संहिता लागू भैसकेपछि जबरजस्ती करणीसम्बन्धी कानुनी व्यवस्थालाई थप कडा पारिएकामा विवाद छैन । बर्दियामा भएको यो घटनामा जसरी चार जना बालिकाहरुले बलात्कृत भए । त्यसैगरी हजारौँ महिलाहरु वर्षेनि यौन दुर्व्यवहार र बलात्कारका शिकार हुने गरेका छन् ।

चालू आर्थिक वर्ष २०७७/७८ को वैशाख महिनासम्मको तथ्याङ्क हेर्दा २ हजार ७ सय ३२ जबर्जस्ती करणीका केशहरु दर्ता भएका छन् । नेपाल प्रहरीको तथ्याङक पल्ट्याएर हेर्ने हो भने महिला तथा बालबालिका सम्बन्धी घटनाका मात्रै ३ हजार ९ सय ७२ वटा घटना दर्ता भएको देख्न सकिन्छ ।

पछिल्लो आर्थिक वर्षमा २०७६र७७ को जेठसम्मको तथ्यंकलाई हेर्ने हो भने जबर्जस्ती सम्बन्धी २ हजार ३ सय ३१ घटना दर्ता भएका थिए । जसमा जबरजस्ती करणीका २ हजार १ सय ४४ र जबरजस्ती करणी उद्योगका ६ सय ८७ रहेका छन् ।

त्यस्तै चालू आव को वैशाखसम्मको तथ्याकलाई हेर्दा जबर्जस्ती सम्बन्धी २ हजार ७ सय ३२ घटना दर्ता भएका छन् । जसमा जबरजस्ती करणीका २ हजार १ सय ४४ र जबरजस्ती करणी उद्योगका ६ सय ११ रहेका छन् ।

तथ्याङ्क हेर्दा नेपालमा हरेक आर्थिक वर्षमा बलात्कृत हुने महिलाहरुको संख्या बढ्दो छ ।

यो पनि पढ्नुहोस् : बलात्कारका घटना बढेको बढ्यै : आफन्त र छिमेकीबाटै हुन्छन् धेरै बलात्कारका घटना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?