काठमाडौं । कञ्चनपुरको प्रसिद्ध धार्मिकस्थल शिव लिङ्गेश्वर धाममा मृत अवस्थामा फेला परेका किसन नाथ बाबा केही दिन देखी बिरामी रहेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
७५ वर्षीय बाबाले स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखी ओषधी खाइरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सिद्धराज न्यौपानेले लोकपथसँग भने ।
“केहीदिन अघिदेखी बाबाको स्वास्थ्य अवस्था बिग्रेका कारण औषधी खाईरहेका अनुसन्धानबाट खुलेको छ ।” डीएसपी न्यौपानेले भने ।
“घटनाको प्रकृती हेर्दा हत्या भएको जस्तो देखिदैन् । यद्यपी घटनाबारे पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सक्छौं ।” डीएसपी न्यौपानेले थपे ।
कञ्चनपुरको प्रसिद्ध धार्मिकस्थल शिव लिङ्गेश्वर धाममा बिगत ५ वर्षदेखी बस्दै आएका बाबा हिजो शनिवार मृत अवस्थामा फेला परेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यो पनि पढ्नुहोस् : लिङ्गेश्वर धामको आश्रममा बाबा मृत फेला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया