लिङ्गेश्वर धामको आश्रममा बाबा मृत फेला

लोकपथ
434
Shares

काठमाडौं । कञ्चनपुरमा एक जान बाबा आफ्नै आश्रम अगाडी मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुरको प्रसिद्ध धार्मिकस्थल शिव लिङ्गेश्वर धाममा बिगत ५ वर्षदेखी बस्दै आएका ७५ वर्षीय किसन नाथ बाबा मृत अवस्थामा फेला परेका हुन् ।

“आज बिहान एक जना स्थानीयले उनी मृत अवस्थामा देखेपछि हामीलाई खबर गर्नुभएको थियो । हामी तत्कालै घटनास्थल पुगेर घटनाबारे अनुसन्धान शुरु गरेका छौं।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले लोकपथसँग भने ।

“प्रारम्भिक अनुसन्धान सकिएको छ । शरीरमा त्यस्तो चोट पटकको कुनै निशान छैन । हत्या वा आत्महत्या हो भनिहाल्न नसकिने अवस्था छ । शव पोष्टमार्टमकालागी माहाकाली अस्पताल पठाउने तयारी भइरहेको छ ।” डीएसपी न्यौपानेले भने ।

पोष्टमार्टमपछिमात्रै हत्या भएको हो वा आत्महत्या भन्ने बारे पत्ता लाग्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?