आजबाट प्रधानमन्त्री तर्फका कानून व्यवसायीको बहस सकिँदै, क-कसको नाम छ इजलासमा ?

लोकपथ
462
Shares

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामा आज पनि सरकारी पक्षका कानून व्यवसायीहरुले निरन्तर बहस गर्दैछन्।

प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानून व्यवसायीहरुलाई छुट्याइएको समय मध्ये अब कुल १ घण्टा ३० मिनेट समय बाँकी रहेको छ । जसमा १३ जना कानून व्यवसायीहरुले बहस गर्ने समय पाएका छन् ।

आज वरिष्ठ अधिवक्ताहरु रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले बहस गर्दैछन् । उनीहरुलाई १०–१० मिनेटको समय छुट्याइएको हो ।

यसैगरी प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहाललाई बहसका लागि ७ मिनेटको समय छुट्टयाइएको छ ।

त्यस्तै प्धानमन्त्रीको तर्फबाट बहस गर्ने अन्य कानून व्यवसायीहरुमा अधिवक्ताहरु भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्ति देवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईँटेल र लोकनाथ खरेल रहेका छन् । आज बहस गर्ने सबैलाई ७ मिनेटको दरले समय दिइएको छ ।

यसैगरी प्रधानमन्त्री तर्फको बहस सकिएपछि सभामुख अग्नि सापकोटा पक्षका कानून व्यवसायीहरुले बहस गर्दैछन् । आज सभामुख सापकोटा पक्षबाट ५ कानून व्यवसायीहरुले बहस गर्ने भएका हुन् ।

सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?